FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यी मध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् । 

चल्ती खाता : आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतया ः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापार र कार्यालयहरुका लागि मात्रै यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाता : बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एकैदिनमा धेरैपटक पैसा झिक्न सकिँदैन । यस किसिमको खातामा रकम झिक्दा एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । यस खाताबाट बैंकमा सुरक्षित तवरले रकम जम्मा हुनुका साथै ब्याज सहित आबश्यक परेको बेलामा निकाल्न सकिन्छ । विद्यार्थी, युवा, गृहस्थी, बृद्धबृद्धा सबैका लागि यो खाता उपयोगी र सरल हुन्छ ।

मुद्दती खाता : मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा  ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । छिटोछिटो पैसा झिक्न नपर्ने अबस्थामा तोकिएको समयसम्म बैंकमै राख्न सकिनेगरी बैंक खाता संचालन गर्नका लागि यो खाता उपयूक्त हुन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा बढी हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा तोकिएको समयभन्दा अगाडिनै रकम आवश्यक नपर्ने अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । अन्यथा तोकिएको समय अगावै रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी ब्याज तिर्नेगरी बैंकबाट कर्जा निकाल्न सकिन्छ । 

बैंक खाता खोल्न सजिलो छ । यसका लागि धेरै रकमको आबश्यकता पर्दैन, कतिपय बैंकहरुले निशुल्क खाताको सुविधा पनि ल्याइसकेका छन् । सम्बन्धित निकायले जारी गरेका सामान्य आफ्नो परिचय खुल्ने कागजहरु र फोटो भएपछि बैंक खाता खोल्न सकिन्छ ।  बैंक खाताको लागि नागरिकताको प्रमाणपत्र, खाता खोल्ने व्यक्तिको फोटो, ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक ३ पुस्ते विवरण (बाबु बाजेको नाम उल्लेख भएको) सहित पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, तथा व्यक्तिको (हस्ताक्षर) दस्तखत नमूना भए पुग्छ । नानीबाबुको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो र आवेदन फाराममा हस्ताक्षर आवश्यक पर्दछ  । 

स्याउकाे उत्पति दक्षिण-पश्चिचम एसिया, पुर्वी यूराेप र दक्षिण-पस्चिम साइवेरीयामा भएकाे मानिन्छ । नेपालका केही भागहरूमा पनि स्याउका जंगली प्रजातीहरू पाइन्छन् । नेपालकाे हिमा क्षेत्रमा पाइने इडिमल (Edimayal) र खुर्खिलाे (Surkhilo) जस्ता बनस्पतिहरू विकसित स्याउका जंगली नातेदारकाे रूपमा लिन सकिन्छ ।

    नेपालमा सन् १९३७ श्री ३ चन्द्र शम्सेरकाे पालामा जापान र इटालीवाट केहि वाेट ल्याएर छाउनी, बालाजु र गाेदाबारीमा लगाइएकाे भेटिन्छ । त्यस्तै स्याउ खेतिकाे लागी १००० देखि १५०० घण्टा ७० डिग्रि सेल्सियस भन्दा कम ताप्क्रमकाे अावश्यकता पर्दछ । नेपालमा समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाइ भएकाे स्थानमा स्याउ खेती गर्न सकिन्छ ।

  • सकिन्छ । तर एस.एल.सी. उत्तिर्ण भएकाे मितिले ६ महिना नाेघेकाे अवस्थामा मात्र एस.एल.सी काे लब्धाकं पत्र र विद्यालयकाे दिएकाे चारित्रिक प्रमाणपत्रकाे अाधारमा जन्म मिति सच्चाउन सकिने ब्यवस्था रहेकाे छ । 
  • एस.एल.सी उत्तिर्ण  भएकाे ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रकाे अाधारमा एस.एल.सी. बाेर्डले शैक्षिक प्रमाणपत्र विवरण सच्चाइ दिने ब्यवस्था रहेकाे छ।
  • पतिकाे विवाह दर्ता गर्न इन्कार गरेमा नाता कायम भएकाे प्रमाण पत्र वा नाता कायमवारे अदालतकाे फैसलाकाे अाधारमा विवाह दर्ता गर्नु पर्द छ ।
  • मृत्यु तथा अन्य ब्यक्तिगत घटना दर्ता गर्ने एेन २०३३ काे दफा २ काे अाशय बमाेजिम ६ महिना भन्दा बढी अवधिदेखी साे ठाउँमा बसाेवास गरेका छन् छैनन् भन्ने हर्ने अाधार अावश्यक पर्छ ।
  • सम्वन्ध विच्छेदकाे घटना दर्ता पतिकाे स्थायी ठेगाना भएकाे गा.पा/न.पा.मा मात्र गर्नु प्रर्द छ ।
  • परिवारकाे मुख्य ब्यक्ति र निजकाे अनुपस्थितिमा परिवारकाे उमेर पुगेकाे ब्यक्ति,
  • अामा बाबुकाे मृत्यु भएकाे सूचना दिने कर्तव्य भएकाे ब्यक्ति नभएकाे अवस्थामा विवाहित छाेरी समेत,
  • विवाहित दिदीबहिनीकाे मृत्युका  सम्बन्धमा वंशज तर्फ काेहीपनि नभएकाे प्रमाणित भएकाे खन्डमा माइती तर्फका दाजु भाइ समेत,
  • बाबु अामा र वंशजतर्फ काेही पनि नभएकाकाे हकमा सम्बन्धित वडा सदस्यकाे सिफारिशकाे अाधारमा गाउँपालिकाकाे प्रमुख वा उप्रमुख  र निजहरूकाे पद रिक्त भएकाे अवस्थामा सम्बन्धित वडा सचिवकाे सिफारिशकाे अाधारमा कार्यकारी अधिकृत
  • बुवा-अामा, बाजे वा परिवारकाे मुख्य ब्यक्ति र निजकाे अनुपस्थितिमा परिवारकाे उमेर पुगेकाे ब्यक्ति,
  • धर्मपुत्र पुत्रिकाे जन्म दर्ता गर्न कानुन बमाेजिम पारित लिखत समेत राखी धर्मपुत्र वा धर्मपुत्री राखे बाबु वा अामाले,
  • बाबु अामा र वंशजतर्फ काेही पनि नभएकाकाे हकमा सम्बन्धित वडा सदस्यकाे सिफारिशकाे अाधारमा सम्वन्धित गाउँपालिकाकाे प्रमुख वा उपप्रमुख र निजहरूकाे पद रिक्त भएकाे अवस्थामा सम्बन्धित वडा सचिवकाे सिफारिशकाे अाधारमा कार्यकारी अधिकृतले ।
  • गाउँपालिकाकाे हकमा गा.पा.काे वडा सचिव र गा.पाकाे वडा सचिव नभएकाे अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले ताेकिदिएकाे स्थानीय निकायकाे कर्मचारी ।

Pages