FAQs Complain Problems

संगठनात्मक स्वरुप

हिमा गाउँपालिका भाैगलिक तथा प्रशासनिक अवस्थित, एैतिहासिक चिनारी, प्राकृतिक तथा साँस्कृतिक उत्कृषटता र विकास संभावनाहरू समावेश भएकाे क्षेत्र हाे। कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्ला पर्ने याे गाउँपालिकाले उच्च पहाडी तथा हिमाली विषेस्ता बाेकेकाे छ । याे गाउँपालिका साविकका बड्की, कालिकाखेतु, महावैपाथर मिसायर वि.स. २०७३ मा हिमा गाउँपालिकाकाे गठन गरिएकाे हाे खस सभ्यता र नेपाली भाषाकाे उदगम भूमि सिंजा क्षाेत्रमा अवस्थित यस यस क्षेत्रकाे सांस्कृतक तथा एैतिहासिक र  पुरातातित्व क्षाेत्र हाे सिँजा क्षाेत्र भएर बहने हिमा नदि यही गाउँपालिकाकाे खेतियाेग्य भुभागलाइ सिचाइ गदै बगेकाे छ यहि नदिकाे नामबाट यस गाउँ पालिकाकाे नामाकरण गरिएकाे छ ।

        यस जिल्लामा रहेका ८ विभिन्न स्थानिय तहहरू मध्ये हिमा गाउँपालिका सिंजा भेगमा पर्ने  विकट भाैगलिक बनावट भएकाे गाउँपालिका हाे । नेपालकाे संविधान, २०७२ जारी भए पछि संघीयता कार्यान्वयनका पहिलाे चरण स्वरूप स्थानीयतहकाे निवाचन सम्पन्न भइ स्थानियतहकाे गठन भएकाे एक वर्ष व्यतित भइ सकेकाे छ । भावि देशा दय गर्नकाे लागी गाउँपालिकाका भाैतिक पुर्वाधारकाे अवस्था, सामाजिक विकासकाे अवस्था, वन तथा विपद् व्यवस्थापनकाे व्यवस्था, शुसासन र सेवाप्रवाहकाे अवस्थामा तथ्याङकहरूअद्दावधि गर्न जरूरी छ । 

       गाउँ पालिकाकालाइ नेपाल सरकारले सामाजिक तथा भाैतिक विकासकासाथ साथै अन्य सेवा सुविधाहरू जनतालाइ सक्षम,मजवुत एवं विश्वासिलाे संस्थाकाे रूपमा लिनुका साथैसरकार जनतादेखी टाढा नरहेकाे महशुस गराउने एक बलियाे र भर्रप्रदाे सरकारकाे सवै भन्दा तल्लाे जिम्मेवार निकायकाे रूपमा लियका छाै । गाउँपालिकाकाे केन्द्र साविक कालिकाखेतु गाविसकाे कार्यालय रहेकाे स्थानमा रहेकाे छ । कर्णाली अञचलकाे सदरमुकाम समेत रहेकाे यस जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एक वटा निर्वाचित क्षेत्र रहेकाे छ । दुइवटा प्रदेश सभा निर्वाचित क्षेत्र मध्ये याे गाउँपालिका प्रदेश ख अन्तर्गत पर्द छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.