FAQs Complain Problems

हिमा गाउँपालिकाकाे परिचय

कर्णाली प्रदेश अन्तर्गत् पर्ने कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हाे । भाैगाेलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालकाे इतिहासमा जुम्ला जिल्लाकाे आफनै महत्वपुर्णा महिचान रहेकाे छ । नेपालकाे एकिकरणा हुनु पुर्व वाइसी राज्यहरूकाे मुख्य केन्द्रकाे रूपमा रहेकाे जुम्ला नेपाली भाषा र संस्कृतिकाे उदगम स्थल हाे । मध्यकालिन युगमा जुम्ला एक समृद्र एवं शत्तिशाली राज्यकाे रूपमा रहेकाे तथ्य इतिहास अध्यनबाट प्रस्ट हुन्छ । यस जिल्लाकाे सदरमुकाम रहेकाे खलंगामा सबभन्दा पहिले प्रfचीन कालमा भारतबाट अाएका चन्दननाथ बाबा सहित दुर्इजना ब्रम्हचारीहरूले वस्ती बसार्इ कृषि र शिक्षााकाे प्रचार प्रसार गरेका थिए भन्ने लाेकाेत्ति रहेकाे पार्इनछ । यातायात, संचार र अाधुनिकिकरणकाे दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलाे हिमाली चुचुराहरू, तालहरू र मनमाेहक अनगिन्ती प्राकृतिक नदीहरूले सिँगारिएकाे जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिकाे धनी जिल्ला मान्न्न सकिन्छ । यस जिल्लाकाे सिंजा भेगमा पर्ने हिमा गाउँपालिका प्रfकृतिक सम्पदाकाे रूपमा धनी गाउँपालीका मानिन्छ  । सिंजा क्षेत्र नेपाली भाषा र संस्कृतिकाे उदगम स्थानकाे रूपमा नेपाली इतिहांसमा प्रख्यात छ । यस प्रकारकाे एेतिहांसिक महत्व बाेकेकाे सींजा क्षेत्र भित्रकाे एक विशेष महत्व बाेकेकाे भाषिक, सांस्कृतिक, पर्यटकीय रूपले धनी हिमा गाउँपालिका हाे । नेपाल सरकारकाे निर्णयले नेपाल  राजपत्रमा मिति २०७३/१/२७ काे प्रकासित सुचना अनुरूप स्थानीय तहकाे गठन भर्इ यस हिमा गाउँपालिकाकाे गठन भएकाेहाे  । साविकका बड्की, कालिकाखेतु  र महावैपाथरखाेला गाविस समाहित भर्इ हिमा गाउँपालिकाकाे गठन भएकाे छ । 

भाैगाेलिक अवस्था :

कर्णाली अञ्चलकाे दक्षिण भुभागमा अवस्थित जुम्ला जिल्ला भित्र प्रर्ने हिमा गाउँपालिकाकाे भाैगाेलिक स्वरूप अग्ला अग्ला डांडाहरू, पाटनहरू, जंगलहरू, झरना, नदी, खाेलानालाहरू र नदी किनारामा रहेका बेशीहरूले बनेकाे छ । विश्वमान चित्रमा यस गाउँपालिकाकाे भाैगाेलिक अवस्थिति २८ ५८ देखि २९ ३० उत्तरी अक्षांशसम्म र ८१ २८ देखि ८२ १८ पुर्वी देशान्तरसम्म रहेकाे छ भने यस गाउँपालिका पुर्वमा तिला गाउँपालिका, पश्चिममा कालिकाेट जिल्लाकाे पलांता गाउँपालिका, दक्षिणमा कालिकाेट जिल्लाकाे तिला गुफा नगरपालिका र उत्तरमा सिंजा गाउँपालिकाकाे सिमाना रहेकाे छ । यस गाउँपालिका समुद् सतहबाट ७०० फिट देखि २१०७७ फिट सम्मकाे उचार्इमा फैलिएकाे छ । कुल क्षेत्रफल १२८.०९ वर्ग किलाेमिटर अाेगटेकाे छ । जनसंख्या १२६१२ (घरधुरी सर्वेक्षेण, २०७४), जन घनत्व ८२.३८ प्रति वर्ग किलाेमिटर छ । उत्तरी पश्चिमी भाग केही भिरालाे भएकाे कारणा वस्तिहरू धेरै उत्तर पश्चिमी पाखाहरूमा र नदी किनारका वेशीहरूमा रहेका छ । गाउँपालिकामा जम्मा सात वडा रहेकाछन् ।