FAQs Complain Problems

गाउँपालिकाका तथा नगरपालिकाकाे नाम र केन्द्र ?

  1. नेपाल सरकारले प्रदेश सरकारकाे परामर्शमा गाउँपालिका तथा नगरपालिकाकाे नाम र केन्द्र ताेकिने छ ।
  2. गाउँपालिका तथा  नगरपालिकाकाे  केन्दकाे लागी अ्रावश्यक प्रर्ने जग्गाकाे क्षेत्रफल, भाैतिक पुर्वाधार, र अन्य विषयकाे न्यूनतम मापदन्ड नेपाल सरकारले निर्धारण गरेवमाेजिम हुने छ ।
  3. गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्नु परेमा सम्वन्धित सभामा तत्काल कायम रहृेका सदस्य संख्याकाे दुइ तिहाइ बहुमतले पारित गरेकाे प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने छ ।
  4. उपदफा ३ (३) बमाेजिम प्राप्त भएकाे प्रस्ताव नेपाल सरकारले उपयूक्त देखेमा त्याेस्ताे गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्न सक्ने छ ।
  5. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएकाे भएतापनि गाउँपालिका तथा नगरपालिकाकाे पहिलाे निर्वाचन भएकाे, मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेकाे सदस्य संख्याकाे बहुमतबाट  प्रस्ताव पारित गरि एकपटककाे लागि गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले साे सिफारिस बमाेजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्ने छ ।
  6. यस दफा बमाेजिम केन्द्रकाे हेरफेरकाे सिफारिस गर्दा उपदफा (२) मा उल्लिखित मापदन्डकाे अधीनमा रहि गर्नु प्रर्ने छ ।
  7. कुनै गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर भएमा साेकाे जानकारी प्रदेश सरकारलाइ दिनुपर्ने छ ।
  8. कुनै गाउँपालिका वा नगरपालिकाकाे नाम अर्काे गाउँपालिका वा नगरपालिकाकाे नाम सँग मिल्न गएमा नेपाल सरकारले प्रदेश सरकारमार्फत सम्वन्धित गाउँपालिका वा नगरपालिकालाइ त्यस्ताे नाम परिवर्तन गर्न सुझाव पठाउन सक्नेछ ।
  9. उपदफा (८) बमाेजिमकाे सुझाव प्राप्त भएकाेमा कार्यपालिकाले उपदफा (३) बमाेजिमकाे प्रक्रिया अपनाइ  गाउँपालिकाकाे नाम परिवर्तन गरी प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष पठाउनुपर्ने छ ।